विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान « Khabarhub

विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाको आज शुभारम्भ गरिएको छ । 

महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यीकरण अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताए ।

महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर)  सडक सौन्दर्यीकरण अभियान सम्पन्न गरिने  अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिए।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताए । फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायत कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : २२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी