ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ? « Khabarhub

ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर मात्र नहुने बताए ।

ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर, हामी सरकारमा छौँ भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? ’

उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न समेत आग्रह गरे ।

ओलीले बजेट भाषण भएदेखि नै निरन्तर असन्तुष्टि प्रकट गरिरहेका छन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा