दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं– दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले रामाफोसा पुनःराष्ट्रपतिको रूपमा निर्वाचित भएको खुलासा गरेको छ ।

‘केपटाउन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा आयोजित ७औँ लोकतान्त्रिक संसद्को राष्ट्रियसभाको पहिलो बैठकबाट माननीय सिरिल रामाफोसा दक्षिण अफ्रिका गणतन्त्रको राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुनुभएको छ’, एएनसीले भन्यो ।

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काङ्ग्रेस पार्टीले दुई हप्ताअघि भएको चुनावमा एएनसीले ३० वर्षको बहुमत गुमाएपछि बिहीबार मुख्य विपक्षी र अन्य दलसँग गठबन्धन सरकार गठन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न सहमति भएको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राष्ट्रपतिको रूपमा रामाफोसाको यो दोस्रो कार्यकाल रहेको दक्षिण अफ्रिकाको समाचार एजेन्सीले बताएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’