शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे | Khabarhub Khabarhub

शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन वटै नेता बालुवाटारमा बैठक बसेको दाबी गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेता बसेर बालेनलाई कसरी तह लगाउने भनेर छलफल गरेको दाबी गरेका हुन् ।

जनकपुरमा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार बढेको बढ्यै छ । कहीँ कतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँ कतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकालिदिनुभयो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभयो, बालेनलाई कसरी तह लगाउने भनेर ।’

बालेनले एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा अनियमितता गरेको स्टाटस लेखेका थिए ।

त्यसपछि एमाले र बालेन शाहबीच आन्तरिक द्धन्द चर्किएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’