‘महिलाले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन’  « Khabarhub

‘महिलाले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन’ 


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले मुलुकको हरेक संरचनामा एक तिहाइ महिलाहरूको सहभागिता प्रतिनिधित्वका लागि मात्र नभइ नेतृत्व र नीतिगत निर्णय लिनसक्ने भूमिका खोजीका लागि भएको दाबी गरेकी छन् ।

नेपाली कांग्रेस धनुषा प्रशिक्षण शाखाले शनिबार आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै डा. संग्रौलाले महिलाहरूलाई प्रतिनिधित्वका नाममा सहभागिता मात्र गराइनुले महिलाहरूको उत्थान नहुने बताइन ।

उनले भनिन्, ‘एक तिहाइ संविधानले दियो, पार्टीको संरचनामा एक तिहाइ छौं । तर हामी डाडुपन्यु चलाउने ठाउँमा पुगेनौं । नीति बनाउने ठाउँमा पुगेनौं । त्यसैले हामीले खोजेको एक तिहाइ पदाधिकारीसहितको अर्थपूर्ण हो । निर्णय गर्ने ठाउँका लागि हो ।’

एक तिहाइका नाममा महिलालाई कमजोर बनाउन खोजेको उल्लेख गर्दै उनले समानुपातिकतर्फ एकतिहाइ पुर्याउने तर प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट नदिएर महिलाहरूमाथि अन्याय भएको बताइन । 

उनले भनिन, ‘महिलाहरुलाई स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा टिकट दिने तर अध्यक्षमा नदिएर लैगिंक विभेद भएको छ । महिलाहरुको क्षमता र योग्यताको अपमान भएको छ । त्यसैले अब महिलाहरू एक तिहाइका नाममा खुम्चिनु हुँदैन ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १० बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी