सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत (पूर्णपाठ) « Khabarhub

सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्‌ ।

मन्त्री पालले चालूतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेका छन्‌ ।

अधिकांश प्रदेशको बजेट आकार घट्दा सुदूरपश्चिम प्रदेश सरकारले भने बढाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी हो ।

मन्त्री पालले प्रदेशमा आगामी आर्थिक वर्षभित्र एक अर्ब ६० लाख १५ हजार राजस्व उठाउने लक्ष्य लिएका छन्‌ । संघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट चार करोड ४० लाख, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँ हुने प्रदेश सरकारको अनुमान छ ।

अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि आगामी बजेटको केन्द्रमा भौतिक पूर्वाधार विकासलाई नै राखिएको छ । पूर्वाधार विकासतर्फ मन्त्री पालले १३ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्‌ ।

प्रदेश सरकराले भूमि, कृषि र सहकारी क्षेत्रमा ३ अर्ब ९ करोड, उद्योग/पर्यटन र वनतर्फ २ अर्ब ४ करोड र शिक्षा/स्वास्थ्य तथा खेलकुद क्षेत्रका लागि ६ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ ।

बजेट पूर्णपाठ:

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ३६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४