बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ) « Khabarhub

बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला मन्त्री जगन्‍नाथ थपलियाले प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन्‌ ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री थपलियाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै २ अर्ब रुपैयाँ बढीको बजेट अनुमान पेश गरेका हुन्‌ ।

२६ अर्ब १० करोड १६ लाख ८२ हजार चालू र ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार पूँजीगत बजेट छुट्याएको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण बापत पाउने रकमबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ स्रोत जुटाउने प्रदेश सरकारको लक्ष्य छ ।

यसैगरी; चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषमा रहेको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ व्यवस्थापन हुने बताइएको छ ।

बागमती प्रदेशको बजेट पूर्णपाठः

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : १८ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण