मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै « Khabarhub

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् ।

सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको ‘एनिमल नेपाल’ नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताए । उनले लामो दूरीबाट पशुचौपाया ढुवानी गर्दा ध्यान दिन आग्रह गरे ।

प्रमुख राणाले भने, ‘पशुचौपाया टाढाबाट ढुवानी गरेर लैजाँदा उनीहरूले सास्ती नझेल्ने गरी लैजानुपर्छ । तर त्यस्तो अवस्था देखिँदैन ।’

उनले लामो दूरीबाट ढुवानी गर्दा उनीहरूलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे । विसं २०५५ को पशु सेवा ऐन र विसं २०५६ मा जारी भएको नियमावलीअनुसार २०६४ सालमा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको थियो ।

पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने, शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी नपाइने, राँगाभैँसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर बाँध्न नपाइने, राँगाभैँसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्ड छ ।

पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्ड छ । पशु ढुवानी गर्दा गाडीको गति प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्ने, जथाभावी ब्रेक लगाउन नपाइने मापदण्ड रहेको छ ।

बारा, पर्सा, बर्दिया, कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ पठाउने गरिएको एनिमल नेपालले जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले मापदण्डविपरीत काम गर्नेलाई रु पाँच हजारसम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताए ।

पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेकपोष्ट स्थापना गरिएको जानकारी दिँदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताए ।

‘चेकपोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा के कसरी राखिएको छ, सबै हेरिन्छ’, उनले भने ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ५९ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका