आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ३१ गते सोमबार तदनुसार सन् २०२४ जुलाई १५ तारिख। असार शुक्ल पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। नयाँ कामको थालनी हुनेछ। खर्च बढ्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

वृष : कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शुभ समाचारले खुशी मिल्नेछ। शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन : समाजबाट सम्मान प्राप्त हुनेछ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको रचनात्मक साथ मिल्नेछ।

कर्कट : गोपनीयता भंग हुनाले झन्झट भोग्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : क्षमता देखाएर अरुलाई प्रभावित पार्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धैर्य भएर दीर्घकालीन काम गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक काममा अगाडि नबढ्नु राम्रो हुनेछ।

कन्या : निर्णय क्षमता कमजोर हुँदा विवाद बढ्नेछ। विज्ञसँग सुझाव लिएर गरेको काम सफल बन्नेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : न्याय मिल्ने दिन छ। साथीको सहयोग प्राप्त हुनेछ। शिक्षाको लगानीबाट आम्दानी बढ्नेछ। वैदेशिक रोजगारीको साथले ठुलो योजना बन्ने दिन छ।

वृश्चिक : अरुको लागि समय दिनुपर्ने छ। मनको भाव शेयर गर्दा मन हलुका हुनेछ। आज लगानी गर्नु भन्दा भएको जोगाउने दिन हो। परिवारको साथले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन रमाइलो छ। थोरै श्रम लगानीबाट पर्याप्त लाभ हुनेछ। साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। मिठो खान पाउने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्ने देखिन्छ।

मकर : विरोधी सक्रिय हुनेछन्। सकारात्मक बोले पनि गलत व्याख्या हुनसक्छ। लगानी नगरी बस्दा राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा भने सफलता मिल्नेछ। राष्ट्रवादमा मन जानेछ। खर्च बढ्ने योग छ।

कुम्भ : तनाव बढ्नेछ। हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज हुनेछ। व्यवहारमा संकट देखिए पनि परिवारको साथले दैनिकी रमाइलो बन्नेछ।

मीन : मन भारी हुनेछ। शत्रु बढ्नेछन्। विद्यामा प्रगति हुनेछ। काम गर्न भने अल्छी लाग्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। काममा अवरोध हुने भएकाले विवेक पुर्याएर अगाडि बढ्नुपर्ने दिन छ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ०१ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ