युरो कपका उत्कृष्ट युवा खेलाडी बने लामिन यमल « Khabarhub

युरो कपका उत्कृष्ट युवा खेलाडी बने लामिन यमल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोकप च्याम्पियन सीपमा स्पेनका लमिन यमल उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। प्रतियोगितामा स्पेन कुल १५ गोल गर्न सफल भयो। जसका लागि स्पेनका युवा स्टारको भूमिका महत्त्वपूर्ण रहयो।

केबल १६ वर्षकै उमेरमा उनले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसकेका छन्। यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ। उनी युरो कपको फाइनल खेल्नु दुई दिन अगाडि शनिबार मात्र १७ वर्ष पुगेका छन्। उनले १६ वर्षकै उमेरमा विश्व फुटबलमा तहल्का पिटेका छन्।

फाइनल खेलमा स्पेनलाई अग्रता दिलाउने क्रममा लामिन यमलको पासमा निको विलियम्सले गोल गरेका हुन्।

यामल युवा उत्कृष्ट खेलाडी बन्दा रोड्री प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।

फाइनलमा नियमित समय सकिन चार मिनेट बाँकी रहँदा पिकल ओयजबालको गोलमा इङ्गल्यान्डलाई २—१ ले हराउँदै स्पेनले युरोकप फुटबलको उपाधि जितेको हो।

ओयजबाल दोस्रो हाफमा नै कप्तान अल्भारो मोराटोको स्थानमा मैदानमा प्रवेश गरेका थिए। यस अघि दोस्रो हाफको सुरुवातमै अग्रता लिएको स्पेनको विरुद्धमा इङ्गल्यान्डका कोल पाल्मरले ७४ औं मिनेटमा गोल गरेका थिए।

जुड वेलिङघमले दिएको पासलाई उपयोग गर्दै पाल्मरले गोल गरेका हुन् । पाल्मर ७० औं मिनेटमा कोबी माइनोलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेका थिए।

खेलको दोस्रो हाफमा दुवै टोलीले कप्तानलाई प्रतिस्थापन गरेका थिए। खेलको दुवै हाफमा स्पेनले अनगिन्ती मौका पाए पनि इङ्गल्यान्डका रक्षकले यसलाई निराश पारेका थिए। अन्तिम मिनेटमा इङ्गल्यान्ड गोलको नजिक पुगेपछि स्पेनी फरवार्ड डानी ओल्मोले गोललाइनबाट बाहिर फ्याकेका थिए। विलियम्स खेलको म्यान अफ द म्याच समेत घोषित भए।

पछिल्लो पाँच पटक मध्ये तीन संस्करणको उपाधि जित्दै स्पेनले आफूलाई युरोपेली फुटबलको शक्तिको रूपमा स्थापित गरेको छ। पहिलो पटक सन् १९६४ मा युरोकप फुटबलको उपाधि जितेको स्पेनले सन् २००८, २०१२ र २०२४ को उपाधि जीतेको हो।

इङ्गल्यान्डको हकमा यो लगातार दोस्रो पटक फाइनलमा पराजय हो। यस अघिको संस्करणमा सो टोली फाइनलमा इटालीसँग पराजित भएको थियो।

स्पेनले क्वार्टरफाइनलमा जर्मनीलाई हराउने बित्तिकै स्पेनका खेलाडीले आफूहरु उपाधिको दाबेदार भएको प्रतिक्रिया दिएका थिए।

स्पेनले युरोकपमा लगातार सात खेलमा जीत हात पार्दै प्रतियोगितामा शत प्रतिशत सफलताको कीर्तिमान कायम गरेको हो। पछिल्लो एक वर्षको बिचमा स्पेनले इङ्गल्यान्डलाई फुटबलको धक्का दिएको यो दोस्रो पटक हो। सन् २०२३ को अगस्टमा महिला विश्वकपको फाइनलमा पनि स्पेनले नै इङ्गल्यान्डलाई हराएको थियो।

यो पनि पढ्नुहोस्

मेस्सीको काखमा नाबालक यमल : १६ वर्ष पुरानो फोटोको अन्तरकथा

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ४२ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित