दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु « Khabarhub

दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि पटकपटक समय सारिएको कोपा अमेरिकाको फाइनल प्रतिस्पर्धा सुरु भएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय सुरुमा आधा घण्टा र १५ मिनेट र त्यसपछि २० मिनेट गरेर पटकपटक सारिएको हो।

फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने तालिका थियो।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो
भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।

अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

यो पनि पढ्नुहोस्

दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो
कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो
तेस्रो पटक समय सर्यो

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०५ बजे

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)