दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु | Khabarhub Khabarhub

दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि पटकपटक समय सारिएको कोपा अमेरिकाको फाइनल प्रतिस्पर्धा सुरु भएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय सुरुमा आधा घण्टा र १५ मिनेट र त्यसपछि २० मिनेट गरेर पटकपटक सारिएको हो।

फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने तालिका थियो।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो
भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।

अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

यो पनि पढ्नुहोस्

दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो
कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो
तेस्रो पटक समय सर्यो

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०५ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन