विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई « Khabarhub

विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै स्पेनिस स्टार अल्कारेजले उपाधि जितेका हुन् ।

२१ वर्षीय अल्कारेजले ६–२, ६–२, र ७–६ को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन् । उनले सन् २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।

युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्डस्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै वर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।

यसअघि सात पटक विम्बल्डन जितेका जोकोभिच भने लगातार दोस्रो वर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस वर्ष भने उपाधि विहीन बनेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।