कोपा अमेरिकाको फाइनल अतिरिक्त समयमा धकेलियो | Khabarhub Khabarhub

कोपा अमेरिकाको फाइनल अतिरिक्त समयमा धकेलियो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिकाको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको पहिलो हाफ सुरु भएको छ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी मैदान बाहिर छन्। उनी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका हुन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।

कोलम्बियाले अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको छ।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।

अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : २३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले