केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल « Khabarhub

केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

फागुन १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएदेखि असन्तुष्ट उनी ओलीलाई बधाई दिन शीतल निवास नगएका हुन्।

ओलीले शपथ लिँदा पूर्वप्रधामन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलानाथ खनाल भने सहभागी थिए । त्यसैगरी अन्य पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए ।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनदेखि नेपालको ओलीसँगको सम्बन्ध राम्रो छैन । गत फागुन २१ एमाले-माओवादी गठबन्धन बन्दा नेपाललाई फकाउन ओली कोटेश्वर गएका थिए ।

तर त्यसपछि नयाँ गठबन्धन भत्काएर नेपालले प्रधानमन्त्री बन्न चलखेल गरेको भन्दै ओली रुष्ट भएका थिए । यही असार १७ गते राति ठूला दलको मोर्चा बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी बेवास्ताम परेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ओलीको सपथमा देखिएनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ५६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला