जनमत भन्छ- हाम्रो प्राथमिकतामा केन्द्र सरकार थिएन, मधेसमा राम्रो काम गर्छौं  « Khabarhub

जनमत भन्छ- हाम्रो प्राथमिकतामा केन्द्र सरकार थिएन, मधेसमा राम्रो काम गर्छौं 


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको सीके राउतको पार्टी जनमत केन्द्र सरकारमा नआएपनि समर्थन कायमै रहेको बताएको छ । 

केन्द्र सरकारको मन्त्रिमण्डलमा जनमतले आफ्नो मन्त्री नपठाएपछि जनमतले नयाँ सरकारलाई समर्थन नगरेको हो कि भन्ने विषयमा धेरैको दुबिधा थियो। तर जनमत प्रवक्ता सरद सिंह यादवले आफूहरूले मधेश सरकारमा नै नेतृत्व गर्ने भएकाले केन्द्र सरकारको कुनै पनि भूमिकामा मन्त्रालयमा नलिएको दाबी गरे ।

उनले खबरहरूलाई भने, ‘हामी प्रदेश सरकारमा परिणाम आउने गरी काम गर्छौं ।  नयाँ सरकारमा हामी पहिले कांग्रेस एमाले रहँदादेखि नै सहभागी छौँ। सरकारको मन्त्रिमण्डलमा सहभागी हुन हामीलाई कुनै इच्छा थिएन । वर्तमान गठबन्धनलाई हाम्रो  पूरा समर्थन छ, हामी वर्तमान गठबन्धनको विश्वासिलो दल समेत हो।’

यता पार्टी अध्यक्ष सीके राउत पनि आफूहरूले मधेस सरकारमा नै बेथिति र विसंगतिविरुद्ध परिणाम आउने किसिमको काम गर्ने दाबी गर्छन्।

उनले खबरहरूलाई भने, ‘हामी मधेसमा सबैभन्दा राम्रो काम गरेर देखाउनेछौँ। यसका लागि हामीलाई नयाँ गठबन्धनले साथ र विश्वास दिनुभएको छ। हामी पूराका पूरा जिम्मेवारी पूरा गरेर काम गर्छौं।’

मधेस प्रदेश सरकारमा जनमतका तर्फबाट सतिश कुमार सिंह मुख्यमन्त्रीमा छन्।

बाँकी कार्यकाल उनीले नै मुख्यमन्त्री चलाउने हो भन्ने प्रश्नमा राउतले भने अहिलेसम्म त्यस्तो कुनै साझेदारी नभएको दाबी गरे।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको