ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य « Khabarhub

ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल सरकारको नेतृत्व लिँदा दुईजना महिलालाई अवसर दिएका छन् ।

तर उनले दलित समुदायबाट कसैलाई पनि मन्त्रीका रुपमा अवर दिएनन्। एमालेबा छविलाल विश्वकर्मा मन्त्री हुने भनिए पनि अन्तिममा उनी अटाएनन् ।

एमालेबाट शिक्षामन्त्रीमा विद्या भट्टराई कास्कीबाट प्रत्यक्ष निर्वाचित निर्वाचित सांसद हुन्। तर उनी खसआर्य समूहबाटै मन्त्री भएी छन् ।

यस्तै नेपाली कांग्रेसले पनि मन्त्रीका रुपमा पठाइएकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पनि खस-आर्य समुदायकै हुन् । उनी परराष्ट्रमन्त्री भएकी छन्।

आरजु कांग्रेसको समानुपातिक सांसद हुन् । ओलीले मन्त्रिमण्डलाई समावेशी बनाउन नसकेका हुन् । उनले दलित मन्त्रीहरूको प्रतिनिधित्व गराउन चुकेका छन् ।

कांग्रेसबाट जीवन परियार र एमालेका तर्फबाट छविलाल विश्वकर्मालाई मन्त्री बनाउने चर्चा थियो । तर उनीहरू दुवैले अवसर पाएनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ०१ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ