स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता « Khabarhub

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका मन्त्री पौडेलले मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए । 

मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिवद्धता जनाए ।

स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताए । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् । तत्काल कोही कर्मचारीको सरुवा नहुने पनि मन्त्री पौडेलले बताए ।

देशभरका अस्पतालमा गरिने उपचारमा एकरुपता कायम गर्ने गरी काम गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृतको निर्णय पौडेलले गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल