चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना « Khabarhub

चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको बताएकी छन् ।

आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गरेकी थिइन् ।  

उनको भ्रमणको क्रममा चीन र बंगलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति जनाएका थिए । नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण , स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

एशियाली देशका रूपमा मात्र नभई बंगलादेश र चीनको आर्थिक एवम् परम्परागत विषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले उल्लेख गरिन् ।   

अनुसन्धान, शिक्षा, सूचना र सञ्चार , प्रविधि, संस्कृति आदिका क्षेत्रमा सहयोग हुने आशा व्यक्त गरे । राष्ट्रपिता बङ्बन्धु शेख मुजीबुर रहमान र आधुनिक स्मार्ट बंगलादेशले सपना देखेको सोनार बंगालाको निर्माणमा बंगालादेश र चीनको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने पनि उनले बताए।   

यसै क्रममा आफ्नो  भ्रमण बंगलादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण भागका रूपमा चिह्नित हुने दाबी उनले गरे ।  

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ३९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर