उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण « Khabarhub

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा पद तथा गोपनीयताको सपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तीसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानूनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरे ।

सो क्रममा उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने धारणा राखे ।

मन्त्रालयको काम कर्तव्यको सीमा भित्र रहेर जनताको अपेक्षा अनुसार काम गर्ने उनले बताए  । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ४२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती