उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण « Khabarhub

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा पद तथा गोपनीयताको सपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तीसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानूनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरे ।

सो क्रममा उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने धारणा राखे ।

मन्त्रालयको काम कर्तव्यको सीमा भित्र रहेर जनताको अपेक्षा अनुसार काम गर्ने उनले बताए  । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ४२ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा