मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने | Khabarhub Khabarhub

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।  

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि उनी अल्पमतमा परेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीको दुई, एकीकृत समाजवादीको तीन र हाम्रो नेपाली पार्टीको एक गरी आठ जना मन्त्री छन् । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : १३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई