अब दुई महिलाले हाँक्ने छन् परराष्ट्र मन्त्रालय « Khabarhub

अब दुई महिलाले हाँक्ने छन् परराष्ट्र मन्त्रालय


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालय नेपालले अन्य मुलुकहरूसँगका मामिला हेर्न सबैभन्दा उच्च सरकारी निकायमा पर्दछ ।

सरकारले कुनै पनि मुलुकसँग गर्ने कूटनीतिक तथा औपचारिक सम्बन्धहरू परराष्ट्र मन्त्रालयमार्फत् नै गर्ने गर्दछ ।

अन्तर्राष्ट्रिय सम्बन्धका लागि महत्वपूर्ण मानिने यही परराष्ट्र मन्त्रालयको जिम्मेवारी अहिले दुई महिलाको काँधमा पुगेको छ ।

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सोमबारबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी औपचारिक रुपमा बहन गरेकी छन् ।

सोमबार दिउँसो पदभार ग्रहण गरेपछि आरजुले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् ।

‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरूको बीचमा छौँ । हाम्रा पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ,’ उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश  हौं ।’

राणाले सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्ने बताइन् । ‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भनिन् ।

राणा मन्त्रीको भूमिकामा पुगेको उक्त मन्त्रालयको सचिव छन्– सेवा लम्साल । उनी नेपालको पहिलो महिला परराष्ट्र सचिव हुन् ।

२०८० मंसिर २८ मा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

लम्साल परराष्ट्र मन्त्रालयको २५ औँ सचिव हुन् । उनी हालै मात्र भारत भ्रमण गएर फर्किएकी छन् । लम्सालले त्यहाँका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेकी छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ४२ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत