पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई « Khabarhub

पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नयाँ शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन् ।

नयाँ संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि राजनीतिक दलहरूले ऐन बनाउन नसकेका बेला भट्टराईले शिक्षा ऐन बनाउने कुरा प्राथमिकतामा रहने बताएकी हुन् ।

सोमबार पदभार ग्रहणपछिको स्वागत कार्यक्रममा बोल्दै उनले संसदीय समितिमा पुगेको विद्यालय शिक्षा ऐन निर्माणमा पहल हुने बताइन् ।

‘सबैभन्दा धेरै मान्छे रुष्ट शिक्षा क्षेत्रसँग छन् । त्यो किनभने हामीले ऐन बनाएनौँ । २०२८ सालको ऐन आज पनि विद्यालय शिक्षाका लागि बाधक छ,’  उनले भनिन्, ‘त्यसैले समितिमा पुगेको ऐन निर्माणका लागि समन्वय जरुरी छ । समितिमा पुगेको कुरालाई मन्त्रालयले हस्तक्षेप गर्न सक्दैन ।  ऐन छिटो निर्माण गर्न समितिसँग संयोजनकारी भूमिका खेल्नेछु ।’

तत्कालीन शिक्षा मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक २०८० भदौ २७ गते प्रतिनिधि सभामा लगेका थिए । त्यसपछिकी शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि विधेयकलाई प्राथमिकतामा राखेको बताएकी थिइन् ।

शिक्षा क्षेत्रमा विकराल समस्या रहेको बताउँदै भट्टराईले उक्त भाष्य बदल्ने दायित्व आएको उल्लेख गरिन् । शिक्षा क्षेत्रका बेथिति समाधान गर्न विद्यमान ऐनले सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

मन्त्रालयका निकायका कर्मचारीका काम र भूमिका महत्वपूर्ण हुने बताउँदै उनले पढेर के गर्ने भनेर उत्तर दिन नसक्ने अवस्थामा सुधार चाहिने बताइन् ।

पछिल्लो पटक कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजाले निराश बनाएकाले यसमा सुधार चाहिने उनले बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ०१ बजे

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर