राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष « Khabarhub

राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा वृद्धि हुँदै गएको छ ।

बिशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक वर्ष सिकार खेल्नेको संख्या वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो ।

ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ति टेन्डर आह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ ।

विदेशीका निम्ति सिकार सोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका वन्य जन्तुको सिकार हुँदै आएको छ ।

गत आर्थिक वर्षमा कुल ३ करोड ४८ लाख राजश्व संकलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट, पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख संकलन भएको छ । त्यस्तै काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेलिकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड  ६२ लाख ३० हजार  राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पँगेनीले जानकारी दिए ।

सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन् । प्रत्येक पाँच वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक वर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ०९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक