सोमालियाको एक रेस्टुरेन्टमा विस्फोट नौ जनाको मृत्यु « Khabarhub

सोमालियाको एक रेस्टुरेन्टमा विस्फोट नौ जनाको मृत्यु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सोमालियाको राजधानी मोगादिशुको एक रेस्टुरेन्टमा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।  

विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए । 

उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको  पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।  

आइतबार सहरको केन्द्रमा रहेको रेस्टुरेन्टमा विस्फोट हुँदा रातको आकाशमा ठुलो आगोको लप्को र धुवाँको मुस्लो उडिरहेको अनलाइनमा पोस्ट गरिएका तस्बिरमा देखिन्छ । 

विस्फोट भएको केही मिनेटपछि घटनास्थलमा पुगेका प्रहरी अधिकारी मोहम्मद सलादीले  भग्नावशेषमा धेरै शव फेला परेको बताए ।  घटनामा भवन बाहिर सडक क्षेत्रमा गाडी चलाइरहेका सवारी चालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए ।

रेस्टुरेन्टभित्र चार जनाको मृत्यु भएको र तीमध्ये केहीलाई भग्नावशेष मुनिबाट निकालिएको उनले बताए । कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित सोमाली राष्ट्रिय समाचार संस्थाले अल-कायदासँग सम्बन्धित अल–सबाब जिहादी समूहले आक्रमण गरेको संकेत गरेको छ ।

सोमालियाको कमजोर संघीय सरकारविरुद्ध अल–शबाबल १७ वर्षभन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ । यसै क्रममा मोगादिशु र देशका अन्य ठाउँमा थुप्रै स्थानमा उक्त समूहले बम विस्फोट गराएको छ । 

प्रत्यक्षदर्शीले विस्फोटपछि आतंक र अराजकताका दृश्यहरू वर्णन गर्दै मानिसहरू सुरक्षाको लागि हतारिँदा क्याफेको मुख्य प्रवेशद्वार पूर्णरूपमा आगोले जलेको बताइएको छ । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ५६ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्