तरकारीलाई लामो समयसम्म ताजा राख्न के गर्ने ? « Khabarhub

तरकारीलाई लामो समयसम्म ताजा राख्न के गर्ने ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कहिले काहीँ बाहिर निस्केका बेलामा राम्रो र ठिक्क मूल्यमा तरकारी धेरै देख्दा सबै किनौँ जस्तो हुन्छ ।

तर समस्या भनेको एकै दिन सबै खान सकिँदैन र त्यो तरकारी बिग्रिएर नास हुने हुन्छ । त्यसको लागि केही उपायहरू अपनाउन सकिन्छ ।

– हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ ।

– हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन ।

– जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिन ताजा रहन्छ, तर त्यसको साग या टुप्पो भने निकाल्नु राम्रो हुन्छ । सागसहित राखेमा साग भयतिरबाट बिग्रन थाल्दछ ।

– फूलकोपी, बन्दाकोबी, ब्रोकाउली नपखालीकन तथा नकाटीकन प्लास्टिकभित्र हालेर फ्रिजमा राखिदिने हो भने १० दिनसम्म ताजै रहन्छ ।

– अन्य तरकारी, जस्तै : सिमी कोसा, खुर्सानी, काँक्रा आदिलाई कागजको झोलामा या कागजले बेरेर राख्नाले निकै दिन ताजा रहन्छ ।

– च्याउलाई कहिल्यै पनि प्लास्टिकले बेरेर राख्नुहुँदैन । कुनै कार्डबोर्डभित्र राखेर फ्रिजमा राखे हप्ता दिन ताजा रहन्छ ।
– लसुन, प्याज सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो— ओस नभएको ठाउँमा झुन्ड्याउनु । लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा थप गुणकारी हुन्छ ।

– आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्छ । तसर्थ, फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा आलु राख्नु राम्रो हुन्छ । कागज निर्मित झोलामा आलु राख्ने गर्दा लामो समयसम्म बिग्रन पाउँदैन।

– टमाटर फ्रिजमा भन्दा बाहिर राख्नु राम्रो हुन्छ तर त्यसलाई घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : २० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल