तेल भिसामा विपिनको दोहोरो भूमिका ! « Khabarhub

तेल भिसामा विपिनको दोहोरो भूमिका !


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनलाई जवान र वृद्ध ‘लुक्स’मा देख्न सकिन्छ । 

पोस्टरअनुसार उनले फिल्ममा दुई भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । पोस्टरमा अभिनेतृ वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । बुद्धि तामाङ मुख्य भूमिकामा रहे पनि पोस्टरमा उनले स्थान पाएका छैनन् । 

यो पोस्टर फिल्मको प्रदर्शन मिति नयाँ तोकिएको छ । प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ । यसअघि भदौ २८ गते प्रदर्शन मिति तोकिएको थियो । 

निर्देशक शंकर घिमिरेका अनुसार अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकनका लागि सुटिङ युनिट नेपालमा आइपुगेको छ । सोमबारबाट नेपालको अंशको छायांकन चितवनबाट सुरु भएको छ ।

१२ वर्षपछि यही फिल्ममार्फत घिमिरे निर्देशनमा फर्कँदै छन् । त्यस्तै अभिनेत्री ऋचा पनि १० वर्षपछि अभिनयमा फर्कँदै छिन् । 

वेलडन क्रियसनको ब्यानर र  ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्माता अनिष पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको