कराँचीमा अपराधका घटना बढ्दै | Khabarhub Khabarhub

कराँचीमा अपराधका घटना बढ्दै


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको पाइएको छ । सिन्ध प्रान्तको नागरिक प्रहरी सम्पर्क समितिले जारी गरेको प्रतिवेदनअनुसार यस वर्षको जुन महिनामा ५ हजार २ सय ८८ वटा अपराधका घटना भएका छन् ।

यस अवधिमा २ हजार ७ सय ९२ वटा मोटरसाइकल चोरीका घटना भएका छन् । तीमध्ये ५ सय ६४ वटा मोटरसाइकल बन्दुक तेस्र्याएर लुटिएका थिए ।

त्यतिको सङ्ख्यामा मोटरसाइकल चारी भएपनि केबल १ सय ९६ वटा मात्र फेला परेको पाकिस्तानी समाचार पोर्टल द न्युज पाकिस्तानले जनाएको छ ।
यस अवधिमा २४ वटो सवारी साधान लुटिएको छ भने १३५ सवारी चारी भएका छन् । त्यसमध्ये केबल ८० वटा सवारीमात्र फेला परेको प्रतिवेदनमा जनाइएको छ ।

जुन महिनामा १,४३३ वटा मोबाइल फोन चोरी भएका छन् । जसमध्ये केबल १८ वटा मोबाइलमात्र फेला परेको छ । सो अवधिमा कराँचीमा भएका हिंसात्मक घटनामा परी ४० जनाको मृत्यु भएको छ । यद्यपि जुन महिनामा फिरौतीका लागि हुने अपहरणका घटना भने दर्ता नभएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : २९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’