कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन « Khabarhub

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिए ।

उनका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शून्य प्रतिशत कायम भएको छ भने विशेष सापटीको ब्याजदर छ दशमलव छ शून्य प्रतिशत निर्धारण गरिएको छ ।

धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात दशमलव पाँच शून्य प्रतिशत कायम गरेको कोषले जग्गा खरिद सापटी वा सरल सापटी लिएका सञ्चयकर्ताका लागि आठ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलव दुई पाँच प्रतिशत विन्दुले छुट दिने निर्णयसमेत गरेको छ ।

काठमाडौं उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ । कोषबाट सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्म रकम विशेष सापटीको रुपमा प्रदान भइरहेको छ ।

कोषले आफ्ना सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रु एक करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ । कोषका अनुसार सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउने प्रयोजनका लागि दिइने शैक्षिक सापटी तथा सञ्चयकर्ताको सेवा अवधिमा आइपर्ने भैपरी आउने कार्यका लागि दिइने सरल सापटीमा रु ४० लाखसम्म प्रदान गर्ने गरिएको छ । यस्तै घर मर्मत गर्नका लागि रु ३० लाखसम्म प्रदान हुने गरेको छ ।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी रु छ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ता आबद्ध रहेका छन् । कोषले एक सूचना जारी गर्दै अर्थिक वर्षको पहिलो दिन साउन १ गते कोषको बाह्य कारोबार बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : १६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड