बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता « Khabarhub

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा मोदीले देशका विभिन्न मुद्दामा आफ्नो धारणा राखे। उनले आफ्नो सम्बोधनमा छिमेकी बंगलादेशमा देखिएको राजनीतिक उथलपुथल र त्यहाँका हिन्दूहरूको सुरक्षाबारे पनि गम्भीर चिन्ता जनाएका छन् ।

मोदीले आफ्नो सम्बोधनमा बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भइरहेको हमलाको मुद्दा पनि उठाएका छन् ।

उनले बंगलादेशमा हिन्दूहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए । मोदीले आफूहरू छिमेकी देशमा सुख र शान्ति होस् भन्ने पक्षमा रहेको जिकिर गरे।

उनले बंगलादेशमा अहिले भइरहेको हत्या-हिंसाको अवस्थालाई चिन्ताजनक भनेका छन् ।

‘बंगलादेशमा अहिले जे भइरहेको छ, त्यसलाई लिएर छिमेकी देश भएका हिसाबले हाम्रो चिन्ता स्वभाविक हो । म बंगलादेशमा चाँडै शान्ति बहाल भएर अवस्था पूर्ववत् सामान्य अवस्थामा फर्किने कुरामा विश्ववस्त छु’, मोदीले सम्बोधनका क्रममा भनेका छन् ।

उनले १४० करोड भारतीयको चिन्ता भनेको बंगलादशेका हिन्दूसहितका अल्पसंख्यको सुरक्षा सुनिश्चितता रहेको उल्लेख गरे ।

‘भारत सदैव छिमेकी देश सुख र शान्तिको मार्गमा अघि बढुन् भन्ने चाहन्छ । शान्तिप्रति हाम्रो प्रतिबद्धता बलियो छ। आगामी दिनमा बंगलादेशको विकास यात्रामा सदैवभ हाम्रो शुभेच्छा र साथ रहने छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ११ बजे

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने