चितवनको धानबालीमा रोगको समस्या, किसान चिन्तित « Khabarhub

चितवनको धानबालीमा रोगको समस्या, किसान चिन्तित


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । 

कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्त्व (जिङ्क) को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए। 

यसलाई रोक्नका लागि सेरामिन जिंक भन्ने खाद्यतत्त्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए । 

उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए। यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताए। धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताए। 

उनले भने, ‘एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।’

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्त्वको कमी र गवारो देखिएको छ । उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । 

उनले भने, ‘पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।’ 

धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछी उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ (हाइब्रिड) लगाइएको स्थानमा भएको चौहानले जानकारी दिए। 

जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिए । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ३७ बजे

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले