तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो (तस्बिरहरू) | Khabarhub Khabarhub

तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो (तस्बिरहरू)


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिन पुगेको छ ।

स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो ।

खोलो पुरेर बनाइएको खेल मैदान निरन्तरको वर्षातपछि भासिन पुगेर ठूलो भ्वाङ परेको छ। भ्वाङ परेको स्थानमा ह्युम पाइपमा खुम्च्याइएको खोलो बगिरहेको अवस्थामा देखिएको छ ।

उपत्यकामा अविरल वर्षाका कारण सडकसहितका संरचना भासिइरहेका छन् । स्थानीय रुद्रेश्वर खोलो पुरेपछि त्यहाँ खेल मैदान बनाइएको थियो।

खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास