डेंगी नियन्त्रण र रोकथाम गर्न सार्वजनिक स्थलको निगरानी बढाउनुपर्छ : मन्त्री पौडेल  | Khabarhub Khabarhub

डेंगी नियन्त्रण र रोकथाम गर्न सार्वजनिक स्थलको निगरानी बढाउनुपर्छ : मन्त्री पौडेल 


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् ।

डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी काठमाडौं उपत्यकाका स्थानिय तहहरुको अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक रहेको बताएका हुन् । उनले बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिलेर काम गरे नियन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । 

उपत्यकामा डेंगी नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं, उनले भने, आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ । स्वास्थ्यमन्त्री पौडेलले लामो बाहुले लुगा लगाउनेजस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताए । 

उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने बताए । उनले टेलिफोनको रिङटोनमा डेंगीबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने पनि बताए । 

स्वास्थ्यमन्त्री पौडेलले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।

 मन्त्री पौडेलले नसर्ने रोगबाट नेपाली आक्रान्त रहेको बताए । उनले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि उनले बताए । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे । 

कार्यक्रममा सहभागी संघीय राजधानी उपत्यकाको काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराउँदै डेगी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : १० बजे

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०