अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचार मुद्दामा हद म्यादको विषय संसद्‍ले टुंग्याओस् « Khabarhub

अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचार मुद्दामा हद म्यादको विषय संसद्‍ले टुंग्याओस्


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने नराख्ने निर्णय संसद्ले नै गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा जारी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिले भ्रष्टाचार निवारण इेन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिरहँदा राईलाई पनि बोलाइएको छ ।

बैठकमा अख्तियार प्रमुख राईले यस विषयमा सार्वभौम संसदले छिनोफानो गर्नुपर्ने धारणा राखेका हुन् ।

‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ । बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ । तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन’, उनले भने, ‘यसबारे धेरै विद्वानले राय व्यक्त गर्नुभएको छ । यसकारण संसद्‍ले नै उचित निचोड निकाल्नु उपयुक्त हुन्छ । हामी यो र त्यो हुनुपर्छ भनेर भन्दैनौँ ।’

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल ‘प्रचण्ड’ ले भने अदालतले फैसला नगर्दासम्म आरोपितलाई निलम्बन नगर्ने व्यवस्था राख्न प्रस्ताव गरेका छन् ।

‘मुद्दा दर्तागर्ने बित्तिकै निलम्बन हुने कुरा ठीक छ कि छैन ? अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैन । अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्‍याउँछ । त्यसबीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ’, उनले भने, ‘मान्छे निलम्बित भयो तर अदालतको फैसला विलम्ब भएर अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिन हामीले यसै ऐनमार्फत सम्बोधन गर्नुपर्छ । अदालतले फैसला नगरेसम्म निलम्बन नगर्ने कि ! निलम्बन नै गर्ने भए क्षतिपूर्तिको व्यवस्था गर्ने हो कि ! यो गाँठो फुकाउनु पर्नेछ । यसमा पर्याप्त छलफल हुनुपर्छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : ४२ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ