साफ च्याम्पियन्सिप खेल्न माल्दिभ्स टोली नेपालमा | Khabarhub Khabarhub

साफ च्याम्पियन्सिप खेल्न माल्दिभ्स टोली नेपालमा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यु–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गर्नुभयो । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।

नेपालको समूहमा बङ्गलादेश र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलंका र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन् भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् ।

 त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ४ : ०५ बजे

मन्त्री घिसिङद्वारा नयाँ संघीय संसद् भवनको निरीक्षण

काठमाडौं– सहरी विकास, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले नयाँ संघीय

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

काठमाडौं– नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक