टीआरसी विधेयक राष्ट्रिय सभामा, छलफलपछि पास गर्ने तयारी « Khabarhub

टीआरसी विधेयक राष्ट्रिय सभामा, छलफलपछि पास गर्ने तयारी


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित विधेयकलाई सरकारले राष्ट्रिय सभामा लगेको हो ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको थियो ।

बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक पारित भएकोबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गरासहित टेबुल गराएका हुन् ।

राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ३ : ५९ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै