अन्तर्राष्ट्रिय

उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने 

By खबरहब

August 15, 2024

काठमाडौं– उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खोल्न गइरहेको छ । सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका बेला उत्तर कोरियाले देशको सीमा सिल गरेको थियो ।

झण्डै चार वर्षपछि उत्तर कोरियाले आफ्नो एक सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनका ‘टूर अपरेटर’हरूले पर्यटकका लागि छिट्टै उत्तर कोरियाले पहाडी सहर सामजियोन प्रवेशमा अनुमति दिन सक्ने बताएका छन् ।

उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्र मानिन्छ ।