दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ । तर अहिलेसम्म पनि उनको पहिचान खुल्न सकेको छैन ।
कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ट्रकले सोहोरेर ज्यान गुमाएकी महिलाकाे शव उठाइएकाे छ । शव उठाएसँगै यातायातका साधन पूर्ववत् अवस्थामा चल्न थालेका छन् ।
त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।
त्यहाँको अवस्था तनावपूर्ण हुँदा भक्तपुर-काठमाडौं सडक ठप्प भएको थियो । पूर्वी नेपालबाट आउने सवारीसाधन रोकिएका थियो । करिब ४ घण्टापछि अवस्था सामान्य बनेर अहिले उक्त क्षेत्रमा नियमित सवारी चलिरहेका छन् ।
प्रतिक्रिया