पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो | Khabarhub Khabarhub

पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा जवाफ दिएर बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन् ।

‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला निराधार हो । आशंका र भ्रम पनि भए’, उनले भने, ‘जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो गलत हो । पार्टीभित्रको सबै समस्या अब मिलिसक्यो ।’

यसअघि उपमहासचिव शर्माले पार्टीमा दस्तावेज पेश गर्दै अब प्रचण्डको विकल्प खोजिनुपर्ने बताएका थिए । उनले अब नेतृत्वको विकल्प खोज्ने समय आएको भन्दै प्रचण्डले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : ४७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका