पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो « Khabarhub

पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा जवाफ दिएर बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन् ।

‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला निराधार हो । आशंका र भ्रम पनि भए’, उनले भने, ‘जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो गलत हो । पार्टीभित्रको सबै समस्या अब मिलिसक्यो ।’

यसअघि उपमहासचिव शर्माले पार्टीमा दस्तावेज पेश गर्दै अब प्रचण्डको विकल्प खोजिनुपर्ने बताएका थिए । उनले अब नेतृत्वको विकल्प खोज्ने समय आएको भन्दै प्रचण्डले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : ४७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार