स्पेनका फुटबलर लमिन यमालका पितामाथि चक्कु प्रहार « Khabarhub

स्पेनका फुटबलर लमिन यमालका पितामाथि चक्कु प्रहार


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनका १७ वर्षिय फुटबल स्टार लमिन यमालका पितामाथि चक्कु प्रहार भएको छ ।

उनलाई कार पार्किङमा चक्कु प्रहार भएको हो । यामलका पिता मोउनिर नसराओईलाई तटीय सहर मतारोमा बुधवार आक्रमण गरिएको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन् ।

मोउनिरलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको र अहिले अवस्था स्थिर रहेको बताइएको छ ।

आक्रमणकारीले आक्रमण गर्नु एक दिनअघि उनीसँग कुरा पनि गरेका समाचारमा उल्लेख छ । प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ ।

यसवर्ष म्युनिखमा सम्पन्न युरो कप फुटबलको सेमिफाइनलमा स्पेन फ्रान्ससँग १–० ले पछि रहेको अवस्थामा यमालले डि–बक्स बाहिरबाट शानदार गोल गरेका थिए ।

उक्त गोल पश्चात यमालको नाम चर्चामा आएको थियो । १६ वर्ष ३६२ दिनको उमेरमा उनी युरो कपको इतिहासमा स्कोर गर्ने सबैभन्दा कम उमेरका खेलाडी बन्न पुगेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : ५६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन