दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा  | Khabarhub Khabarhub

दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा 


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् ।

गत मंगलबार भुटानको पारो एफसीले  र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ ।

मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन ।

यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार मैदान स्तरोन्नतिका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा छलफल भएको राखेपले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : २८ बजे

आज २१२ औँ भानु जयन्ती : विशेष कार्यक्रम गरेर मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको