सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने « Khabarhub

सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो ।

परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए ।

त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।

सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रित कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए ।

त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए।

उनले नेकपा एकीकृत समाजवादीलगाएतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए ।  बैठकमा नेताहरूको कार्य बिभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए  ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : ४५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने