सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने « Khabarhub

सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो ।

परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए ।

त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।

सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रित कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए ।

त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए।

उनले नेकपा एकीकृत समाजवादीलगाएतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए ।  बैठकमा नेताहरूको कार्य बिभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए  ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : ४५ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ