गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन** « Khabarhub

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन**


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। ।

भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ ।

काठमाडौंबाट जाँदै गरेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । स्थानीयले युवतीलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका थिए ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।

ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।

उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

भूलसुधार** : यसअघि यसै समाचारमा मृत्यु भएकी युवती भनेर प्रकाशित नाम असम्बन्धित व्यक्तिको पर्न गएकाले क्षमयाचनासहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण