गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन** « Khabarhub

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन**


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। ।

भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ ।

काठमाडौंबाट जाँदै गरेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । स्थानीयले युवतीलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका थिए ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।

ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।

उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

भूलसुधार** : यसअघि यसै समाचारमा मृत्यु भएकी युवती भनेर प्रकाशित नाम असम्बन्धित व्यक्तिको पर्न गएकाले क्षमयाचनासहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ७ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको