प्रिमियर लिग : ठुला शक्तिको संघर्ष « Khabarhub

प्रिमियर लिग : ठुला शक्तिको संघर्ष


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिगमै १४ पहेँलो कार्डको कीर्तिमान बनेको क्रिस्टोफर एन्कुन्कुले गरेको गोलमा चेल्सीले एएफसी बोर्नमाउथलाई १-० ले हराएको छ।

बोर्नमाउथले लगातार चेल्सीलाई दबाब दिएको खेलमा मार्कस टाउरनियर र रायन चिस्टेको प्रहार गोल पोस्टमा लागेको थियो। यसअघि क्लबको कीर्तिमानी रकममा टोलीमा आबद्ध एभालिन्सनको पेनाल्टी प्रहार रोबर्टो साँचेजले बचाए पनि पहिलो हाफमा नै घरेलु टोली बोर्नमाउथ अग्रता लिनबाट चुकेको थियो।

खेलमा तनाव बढ्दै गएपछि म्याच रेफ्री एन्थोनी टेलरले पहेँलो कार्डको वर्षा नै गरेका थिए। यस भन्दा अघि बढी पहेँलो कार्डको कीर्तिमान टोटनहाम हस्टस्पर्स र सेफिल्ड युनाइटेड बिच सन् २०२३ को सेप्टेम्बरमा भएको खेलमा भएको थियो। सो खेलमा १३ पहेँलो कार्ड देखाइएको थियो। सातौँ स्थानमा रहेको चेल्सीले अर्को खेल एक सातापछि वेस्ट हामसँग खेल्ने छ। त्यसको एक दिनपछि बोर्नसमाउथले लिभरपुलसँग खेल्ने छ।

प्रिमियर लिगमै नटिङघम फरेस्टले अपराजित यात्रालाई कायम राखेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा कालुम हडसन ओडाईको निर्णायक गोलमा फरेस्टले लिभरपुललाई १-० ले हराएको हो।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ओडाईले फार बटम कर्नरमा प्रहार गरेको बल लिभरपुलका गोल रक्षक एलिसनले रोक्न सकेनन्। सन् १९६९ पछि कुनै पनि प्रतियोगितामा नटिङघमको लिभरपुल माथिको जित हो।

अर्को खेलमा एर्लीङ हलान्डले २ गोल गरेपछि इङ्लिस प्रिमियरसिपको खेलमा केभिन म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ। २३ सेकेन्डमा पहिलो गोल खाएको म्यानचेस्टर सिटी खेलमा फर्कँदै नतिजा आफ्नो पक्षमा पारेको हो।

योना विसाले यस सिजनकै छिटो गोल गरे। उनले खोली पोस्टमा सो अवसर पाएका थिए। केभिन डु ब्रायनलाई ब्रेन्टफोर्डको बक्समा लडाइएपछि पाएको अवसरलाई हलान्डले १९ औं मिनेटमा गोलमा परिणत गरेका थिए। उनले ३२ औं मिनेटमा एनन पिककको पासमा हलान्डले अर्को गोल गरे। हलान्डले अन्य केही अवसर गुमाए। सो सँगै उनी सन् १९४६ पछि लगातार ३ ह्याट्रिक गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान कायम गर्न चुके।

शनिबार भएको खेलमा अस्टन भिल्लाले एभरटनलाई ३-२ ले हरायो। वैकल्पिक खेलाडी जोन डुरानले बेन्चबाट आएर ७६ औं मिनेटमा गरेको गोलमा अस्टन भिल्ला लगातार दोस्रो खेलमा २-० लेपछि परेर पनि खेलमा जित हात पार्न सफल भएको हो। म्याक नेलले १६ औं तथा कल्भर्ट लेविनले २७ औं मिनेटमा गोल गर्दै एभरटनलाई २ गोलको अग्रता दिलाएका थिए।

वाटकिन्सले ३६ औं तथा ५८ औं मिनेटमा गोल गर्दै अस्टन भिल्लालाई खेलमा फर्काएका थिए। शक्तिशाली टोलीले सङ्घर्ष गरिरहेको समयमा म्यानचेस्टर युनाइटेडले भने सहज जित हात पारेको छ। युनाइटेडले साउथहाम्टनलाई ३-० ले हराएको हो। म्यानचेस्टरका लागि डी लिग्ट, रासफोर्ड र गानाचोले गोल गरे।

ब्रिङटन र इप्सबिच टाउन बिचको खेलमा बराबरी भएको छ। क्रिस्टल प्यालेस र लिचेस्टर सिटीको खेलमा २-२ गोलको बराबरी भयो। फुलहाम र वेस्टहाम युनाइटेड बिचको खेलमा पनि १-१ गोलको बराबरी भयो।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै