सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी  « Khabarhub

सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।

शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको भनाइ छ।

संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको तर्क छ ।

समिति सभापति सूर्य बहादुर थापा क्षेत्रीका अनुसार हालसम्ममा छानबिन कार्यको वित्तीय विश्लेषण प्रस्तुति गरिएको छ।

यस्तै अनुसूची १ का २२ र अनुसूची २ का १० सहित बचत दुरुपयोगमा संलग्न भनी आरोपित ४० वटा खराब स्थितिका सहकारी संस्थाको वित्तीय स्वास्थ्य जाँच परीक्षण गरिएको वित्तीय विश्लेषण २ सय पृष्ठभन्दा लामो तयार भइसकेको छ । यसबारे पनि गहन छलफल भएको छ ।

समितिको कार्यक्षेत्र समयको सीमा असोज ७ गते सकिँदै छ। समितिको तीन महिनाको समयावधि गत भदौ २३ गते सकिँदै थियो । तर सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थप गरेको थियो ।

समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सल्लाह, सुझाव लिएको थियो ।

ओलीले सहकारी समस्या समाधानको बारेमा  नेपाल सरकारको तर्फबाट महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको सभापति थापाको भनाइ छ ।

ओलीले ठगीमा संलग्न दोषी जोसुकै भए पनि नउम्किने र निर्दोष नफस्ने गरी समितिले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्ने सुझाव दिएका थिए ।

ओलीले व्यक्तिको अनुहार नहेरी तथ्य र व्यवहारको आधारमा निष्कर्षमा पुग्नसमेत सुझाव  दिएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : २७ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क