देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु  | Khabarhub Khabarhub

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ ।  जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ०९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।