देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु  « Khabarhub

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ ।  जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ०९ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित