समाचार

समाचार प्रभाव : ७५ वर्षको उमेरमा भीममायाले पाइन् नागरिकता 

By खबरहब

September 15, 2024

विराटनगर– माेरङ पथरी शनिश्चरे नगर पालिका-९ कि भीममाया श्रेष्ठले ७५ वर्षको उमेरमा आज नागरिकता पाएकी छन्।

जिल्ला प्रशासन कार्यालय माेरङबाट ०५-०१-८१-०८२४ नम्बरको नागरिकता प्राप्त गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भीममायालाई नागरिकता हस्तान्तरण गरेका छन्।

चार वर्ष अघि श्रीमान् कुलबहादुर श्रेष्ठको निधन भएपछि भीममाया एक्लै बस्दै आएकी छन् । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।

उनी स्थानीयले दिएको जग्गामा सहयोगीहरूले बनाइदिएको घरमा एक्लै बस्दै आएकी छन्।आर्य स्राेत्र नहुँदा भीममायाले चर्खा काटेर गर्जो टार्दै आएकी छन् ।

नागरिकता दिलाउनका लागी पथरी शनिश्चरे ९ नं वडा कार्यालय सँगै स्थानीय एव एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा,पत्रकार गोपाल काफ्ले, पर्वत थापा र उर्मिला महराले सहजीकरण गरेका थिए

केही समय अघि नागरिकता विहीन बनेकी भीममायाको बारेमा समाचार खबरहबमा प्रकाशित भएको थियो।

 यो पनि पढ्नुहोस् : 

प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ?