एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली | Khabarhub Khabarhub

एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा धनगढीमा आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिवर्तनको थालनी भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताए ।

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एक ढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए ।

उपमहासचिव ज्ञवालीले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गरे । उनलाई आफूले दशौँ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए  ।

उनले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको उल्लेख गरे । विश्वविद्यालयको विधेयक संसद्मा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे ।

केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजना गरेको प्रशिक्षण ६४ जना सहभागी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ३४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा