अख्तियारको एक वर्षे उपलब्धि- २६ हजार उजुरी आउँदा १५ सय ४५ विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

अख्तियारको एक वर्षे उपलब्धि- २६ हजार उजुरी आउँदा १५ सय ४५ विरुद्ध भ्रष्टाचार मुद्दा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएका छन् ।

३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले बिभिन्न माध्यमबाट २६ हजार बढी उजुरी प्राप्त भएको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीसमेत गरि जम्मा कारवाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएका छन् ।

अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिलासँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अघिल्लो आर्थिक बर्षका ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका उनले बताए ।

गत आर्थिक बर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाको फैसला भएको छ । ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताएका छन् ।

त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ ।

आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरद्ध जागरण अभिवृद्धि गर्ने प्रवर्द्धनात्मक कार्य सञ्चालन गर्दै आएको समेत जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : २३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने